उपसभामुख राना भन्छिन्- म मेयर भए महल बनाउने नक्सा पास रोक्थें

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, ११ : ५५
उपसभामुख राना भन्छिन्- म मेयर भए महल बनाउने नक्सा पास रोक्थें

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् ।

विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’

उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको गुनासोसमेत गरिन् । आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको भन्दै उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् । ‘विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले तर यता नेपालीले मालाको मूल्य नै बढाए । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस