दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, ०८ : ३८
दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको  फाइनलमा स्थान बनाएको छ।  

कोलकत्तामा दुई सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो। 

अस्ट्रेलियाको लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। स्टेभन स्मिथले ३०, ओपनर डेविड वार्नरले २९ र जस इङ्लिसले २८ रनको योगदान गरेका थिए।

वार्नर र हेडबीच पहिलो विकेटको लागि ६० रनको साझेदारी भएको थियो।  स्मिथ र हेडले तेस्रो विकेटकोलागि ४५ रनको साझेदारी गरे। मिचेल स्टार्क र प्याट कमिन्सले अविजित क्रमशः १६ र १४ रन जोड्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे।

टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले डेविड मिलरको शततकको मद्दतमा  ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै दुई सय १२ रन बनाएको थियो।

५ दशमव ४ ओभरमा दुई विकेट गुमाएर मात्र आठ रन जोडेको दक्षिण अफ्रिका  जोडेको थियो। २४ रन बनाउँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारीलाई मिलर र हेन्रिक क्लासेनले ठूलो स्कोरतर्फ पुर्याएका थिए।

ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएपछि दक्षिण अफ्रिका निकै दबाबमा आएको थियो। मार्को जन्सन गोल्डन डकआउट भए।

अस्ट्रेलियाका मिचल स्टार्क र प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए। जस हैजलवूड र ट्राभिस हेडले समान दुई विकेट लिएका छन्।

चार पटक सेमिफाइनल खेलको दक्षिण अफ्रिका यसपटक पनि अभागी सावित भयो। यसअघि अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका थिए। यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। दुबै खेल अस्ट्रेलियाले जित्न सफल भयो।  अस्ट्रेलियाले तेस्रो पटक दक्षिण अफ्रिकालाई हरायो।