एजेन्सी । गाजाको अल-शिफा अस्पतालको अवस्थालाई लिएर विश्व स्वास्थ्य संगठनले यहाँको अवस्था ‘चिहान जस्तै’ भएको बताएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा पट्टीका अस्पतालहरूलाई जोगाउन आवश्यक रहेको बताएका छन्।
डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले हाल यस अस्पतालमा ६०० जना रहेको बताएका छन् ।
उनका अनुसार ‘अस्पताल वरपर कैयौं शवहरु परेका छन्, उनीहरुको हेरचाह गर्ने कोही छैन । यी शवहरू गाडिएका छैनन्। यो अस्पताल अब काम गर्दैन। चिहान जस्तै बनेको छ ।'
अस्पतालमा शवको थुप्रो रहेको र धेरै शव सड्न थालेको पनि चिकित्सकहरुले बताएका छन् ।
उत्तरी गाजाको यो अस्पताल विगत केही दिनदेखि चर्चामा छ । स्वास्थ्य र खाद्यान्नको अभावका कारण अहिले उक्त अस्पतालले काम गर्न छाडेको डब्लुएचओको दाबी छ ।
के भन्यो इजरायली सेना ?
तर, इजरायलको सेनाले हमासले यो अस्पताललाई बेसको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । उनका अनुसार अस्पताल मुनि रहेको सुरुङमा हमासको कमाण्ड एन्ड कन्ट्रोल सेन्टर रहेको छ ।
इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजामा रहेको बाल अस्पताललाई पनि हमासले हतियार भण्डारण गर्न प्रयोग गरिरहेको बताए।
तर, बीबीसीले इजरायलका यी दाबीलाई पुष्टि गर्न सकेको छैन। यसैबीच, हमास र अस्पताल प्रशासनले इजरायलको दाबीलाई झुटो भनेका छन्।
हमासले गाजामा मृत्यु हुनेको संख्या ११ हजार २ सय ४० पुगेको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले दुई लाख प्यालेस्टाइनी उत्तरी गाजा छोडेर दक्षिणी गाजामा गएको जनाएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायलसँग आफ्ना बन्धकहरूलाई मुक्त गर्ने र आफ्नो रक्षा गर्ने अधिकार रहेको तर नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ कार्तिक २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा