काठमाडौँ । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत रहेका छन् ।
यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।
सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्त समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ