काठमाडौँ । प्रहरीले भक्तपुरको बालकोटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय विनोद थापा छन् ।
भोजपुर षडानन्द नगरपालिका–१ घर भएर बालकोट बस्दै आएका थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले बताए ।
उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।आरोपित थापा एनआरएनए मलेसियाका अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ