तिहारमा कसरी स्वस्थ रहने ?

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, ११ : ३४
तिहारमा कसरी स्वस्थ रहने ?

तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ। स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहार मनाउने केही टिप्स यस प्रकार छन्ः

फलफुल खानुहोस्ः तिहार भन्ने वित्तिकै गुलियो परिकार खाने आम विश्वास छ। तर स्वस्थ खानका लागि चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस्। गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस्। सकभर घरमै बनाएको चकलेट खानुहोस्।

हाइड्रेड रहनेः चारैतिर खानेकुरा र गुलिया परिकार देख्दा कसको जिब्रो रसाउदैन र? तसर्थ तिहारमा अन्य बेला भन्दा बढी गुलियो खाइन्छ। चकलेट खाइसकेपछि वा खानुअघि प्रशस्त पानी खानुपर्छ। बिहानदेखि बेलुकासम्म बारम्बार पानीको चुस्की लिनुहोस्। पानी पिउदा गुलियो परिकारले शरिरभित्र पार्ने अशर घटाउछ र शरिरको विषाधी समेत पखालिदिन्छ।

कृतिम चकलेटबाट टाढै रहनुहोस्ः बजारमा कृत्रिम गुलियो मिसिएको परिकार पाइन्छन्। तर, यस्ता परिकारबाट सकभर टाढै रहनुहोस्। किनकी कृतिम गुलियोले ब्रेन ट्युमरदेखि क्यान्सरसम्म निम्त्याउँछ। चकलेटमा मिसाइएका अखाद्य र मिसावटयुक्त रसायनले किड्नी र दमको समस्या ल्याउछ, दिमागका कोषहरु बिगारिदिन्छ। तसर्थ मह चिनी, खुदो जस्ता प्राकृतिक गुलियोबाट बनेका चकलेट रोज्ननुोस्।

आफ्नो रोगबारे बिचार पुयाउनुहोस्ः डायबिटिजबाट पीडित मानिसले तिहारको समयमा विशेष ख्याल गर्नुपर्छ। गुलियो परिकारबाट टाढा रहनुका अतिरिक्त उनीहरु अन्य खानेकुराहरु जस्तै सेल रोटी, खिर लगायतका खानेकुरामा हुने गुलियोको मात्रा पनि बिचार पुर्‍याउनुपर्छ।

पटका बारे सर्तकताः दिपावली पटकाको समेत पर्व भएकोले होशियार नरहेमा जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्य निम्तिन सक्छ। तसर्थ आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ। पटकाको ठूलो आवाजले कानको श्रवण शत्तिमा हानी पुर्‍याउन सक्ने र  बहिरो हुने समस्या समेत आउन सक्छ। तसर्थ पटका पड्काईएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ। पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हुँदैन।

खुवा र दुधबाट बनेको चकलेट सकभर नखानुहोस्। किनकी यसले फुड पोइजनिङ गराउन सक्छ।

अन्य महत्वपूर्ण टिप्स

गुलियो खानेकुरा खाँदा थोरै लिएर बस्नुहोस, सकभर ढिलो खानुहोस।

चिनिको विकल्पको रुपा मह, खुदो प्रयोग गरेको परिकार खाने, फ्याट झिकेको दुधबाट चकलेट बनाउने।

गुलियो खाएपछि सलाद, दही अनिवार्य खाने।

धेरै चकलेट वा गुलियो परिकार घरमा भन्डार नगर्ने। धेरै खानेकुरा देख्दा खाउँ–खाउँ लागि रहन्छ।

दिपावलीमा दिदीबहिनीले दाजुभाईलाई उपहार स्वरुप कपडा र गुलिया परिकार दिने प्रचलन छ। गुलिया परिकारको सट्टा फलफुल वा थोरै क्यालोरी भएको चकलेट दिने।

पसलमा अखाद्य र मिसावटयुक्त तथा कम स्वस्थकर परिकार बनाइने हुँदा सकभर घरमै बनाएको खानेकुरा खाने।

परिचित पसलबाट मात्र खानेकुरा किन्नुपर्छ।

सकभर खाली पेट गुलियो परिकार खाने। किनकी खानेकुरा खाएको पेटमा गुलियो खाँदा कार्बोहाईडेडलाई फ्याटमा परिवर्तन गरिदिन्छ।

प्रतिक्रिया दिनुहोस