पशुपतिमा गरियो सामूहिक गाई पूजा

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, ११ : ०१
पशुपतिमा गरियो सामूहिक गाई पूजा

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेर मनाएका छन् । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।

हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा यसपटक पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस