हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । फरक फरक घटनामा परि २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
गएराति हेटौंडाको थानाभर्याङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार राति १०:५० बजेको समयमा हेटौंडा-११ थानाभर्याङमा हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा सवार ३ जना मध्ये एक जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा- ४ कमलडाडा बस्ने वर्ष २२ को महेन थापा मगर रहेको प्रवक्ता भण्डारीले बताए । थापाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए ।
मोटरसाइकलको बिचमा सवार हेटौंडा-२ संगमचोक बस्ने वर्ष १८ की बेबिसा खड्गी र पछाडी सवार हेटौंडा-५ गर्दोइ बस्ने वर्ष १९ की बिनिता थापा घाइते भएका छन् । घाइते मध्ये खड्गीलाई थप उपचारको चितवनस्थिति नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ भने घाइते बिनिता थापाको हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु