बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले चार जना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ ।
बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आज चार जनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका–१ तेलपानीका ४३ वर्षीय यमबहादुर वली, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर वली र सोही ठाउँकै ३८ वर्षीय दिलबहादुर वली रहेको निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए । उनीहरूलाई आइतबार सार्वजनिक गर्दै वन्यजन्तु ऐनअन्तर्गत कारबाही चलाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ