काठमाडौं । साविक विजेता इङ्ल्यान्डले पाकिस्तानमाथि ९३ रनको जित निकाल्दै भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सुखद अन्त्य गरेको छ । यो हारसँगै पाकिस्तान भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
शनिबार कोलकातास्थित इडेन गार्डेनमा इङ्ल्यान्डले प्रस्तुत गरेको ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा समेटियो ।
पाकिस्तानका आघा सल्मानले ४५ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले ३८, मोहम्मद रिजवानले ३६, हरिस रौफले ३५, साउद सकिलले २९, शाहिन शाह अफ्रिदीले २५ रन र मोहम्मद वासिमले अविजित १६ रन बनाए ।
इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । गस एट्किन्सन आदिल राशिद र मोइन अलीले सामना दुई विकेट लिए । क्रिस बोक्सले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३७ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका बेन स्टोक्सले ७६ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए । जोय रुटले ६० रन थपे ।
जोनी बेरिस्टोले ५९, डेविड मलानले ३१, ह्यारी ब्रुक्सले ३०,कप्तान जोस बट्लरले २७ र डेविड विलीले १५ रन बनाए ।
पाकिस्तानका हरिस रौफले तीन विकेट लिए । मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले समान दुई विकेट लिदा इफ्तिखर अहमदले एक विकेट लिए ।
पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । जितसँगै नौ खेलमा ६ अंक जोडेको इङ्ल्यान्डले तालिकाको सातौं स्थानमा रहदै च्याम्पियन्स ट्रफीमा स्थान पक्का गरेको छ । हारसँगै समान खेलमा आठ अंक जोडेको पाकिस्तानले पाँचौँ स्थानमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली