काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।
भूकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
पार्टी द्वारा सङ्कलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरू सँगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरू छलफल गरेका थिए ।
भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेकपाका झन्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण, उद्धार, स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।
विप्लव र प्रकाण्ड आइतबार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह