कृषि विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५० लाख सहयोग

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १२ : ०५
कृषि विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५० लाख सहयोग

काठमाडौं। ​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ ।

यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको छ ।भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।​

 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहाललगायतको उपस्थिति रहेको थियो ।​

बैंकले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिएका थिए ।आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरूको लागि सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस