काठमाडौ । जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेको धुलिखेलबाट १३ जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
होटलमा केही मानिस जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ४ लाख ४२ हजार ३५० रुपैयाँ बरामद भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ