काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताएका छन् । एमाले चौरीदेउराली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का चाहिएको छ भन्दै कटाक्ष गरेका हुन् ।
रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधि सभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ सरकारसँग मागेपछि नेता बास्कोटाले कटाक्ष गरेका हुन् ।
उनले भने, ‘नयाँ नयाँ नयाँ । नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाहा भइसक्यो नि १ पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भए जस्तो । केही मतलबको कुरा छैन । एउटा देश निर्माणको लागि जनता सबैभन्दा महत्त्वपूर्ण हुन् ।’
उनले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन अब सम्भव नभएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'
गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: गोकुल बास्कोटा
पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हाल्यो : गोकुल बास्कोटा
अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ ! : गोकुल बाँस्कोटा
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा