काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताएका छन् । एमाले चौरीदेउराली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का चाहिएको छ भन्दै कटाक्ष गरेका हुन् ।
रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधि सभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ सरकारसँग मागेपछि नेता बास्कोटाले कटाक्ष गरेका हुन् ।
उनले भने, ‘नयाँ नयाँ नयाँ । नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाहा भइसक्यो नि १ पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भए जस्तो । केही मतलबको कुरा छैन । एउटा देश निर्माणको लागि जनता सबैभन्दा महत्त्वपूर्ण हुन् ।’
उनले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन अब सम्भव नभएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा