काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित सर्वेक्षक सुवाशचन्द्र यादव र बिचौलिया उमेश यादवविरुद्ध शक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
३ जनाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तीन जनालाई ७० हजार नगद ५५ हजारको चेकसहित एक लाख २५ हजार रुपैयाँसहित असोज २६ गते नियन्त्रणमा लिएको थियो ।उनीहरूले घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध एक लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर