आज विश्व विज्ञान दिवस मनाइँदै

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ४९
आज विश्व विज्ञान दिवस मनाइँदै

काठमाडौं ।  विश्व विज्ञान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

हरेक वर्ष नोभेम्बर १० तारिखमा मनाइने दिवस यो वर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो । 

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वले सामना गरिरहेका विभिन्न चुनौती सम्बोधन गर्न तथ्यमा आधारित सरकारका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि विज्ञान र नवप्रवर्तनमा विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्। 

‘वैज्ञानिक कसरी अनुसन्धान मार्फत तथ्यको खोजी गर्छन् र ती खोज तथा अनुसन्धानले समाजलाई कसरी सकारात्मक प्रभाव पार्छन् भनी सबैलाई बुझाउन जरुरी छ’, उनले भनेका छन्। । 

सरकारले अनुसन्धान, आविष्कार र उद्यमशीलता प्रवर्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेको पनि उनले जानकारी दिए। नवप्रवर्तन, अनुसन्धान र आविष्कारका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्‍याउन पनि उनले सबैलाई आह्वान गरेका छन्। 

प्रतिक्रिया दिनुहोस