काठमाडौं । विश्व विज्ञान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्ष नोभेम्बर १० तारिखमा मनाइने दिवस यो वर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वले सामना गरिरहेका विभिन्न चुनौती सम्बोधन गर्न तथ्यमा आधारित सरकारका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि विज्ञान र नवप्रवर्तनमा विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
‘वैज्ञानिक कसरी अनुसन्धान मार्फत तथ्यको खोजी गर्छन् र ती खोज तथा अनुसन्धानले समाजलाई कसरी सकारात्मक प्रभाव पार्छन् भनी सबैलाई बुझाउन जरुरी छ’, उनले भनेका छन्। ।
सरकारले अनुसन्धान, आविष्कार र उद्यमशीलता प्रवर्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेको पनि उनले जानकारी दिए। नवप्रवर्तन, अनुसन्धान र आविष्कारका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउन पनि उनले सबैलाई आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस
आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै