काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई रोक्न आफूले दिएको २२ बुँदे सुझावको कार्यान्वयन भए नभएको बुझ्न विशेष रुपमा निगरानी राख्न शुरू गरेको हो ।
आयोगले गत विहीबार २२ बुँदे सुझाव कार्यान्वयन गरी आयोगलाई जानकारी दिन सरकारी निकायलाई आग्रह गरेको थियो ।
आयोगले यसअघि दिएका विभिन्न सुझावहरू पनि खासै कार्यान्वनय नभएको स्थितिमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र ७ सय ५३ वटै स्थानीय तहहरूलाई सुझावको कार्यान्वयनबारे अनिवार्य रूपमा जानकारी लेखी पठाउन पत्र पठाएको थियो । नेपाल समाचारपत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही