जानकी । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडाैं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो ।
उनको घट्नास्थलमै ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सिराहामा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु