काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार ट्वान्टी’-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने प्रतिबद्धता जनाए ।
रङ्गशालालाईतीन क्रिकेट रङ्गशालालाई गौरवको आयोजनामा परिणत गरी निर्माण गर्ने प्रधानमन्त्रीको घोषणारङ्गशाला निर्माणबारे प्रधानमन्त्री दाहालले भने, क्रिकेट राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउँदै छौँ । भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ । क्रिकेट रङ्गशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौँ ।’
घोषित पुरस्कार वितरणमा ढिलाइ भएकोप्रति आफूलाई पनि नराम्रो लागेको दाहालको भनाइ थियो । प्रक्रियागत समस्याका कारण त्यस्तो भएको उनको प्रस्टीकरण थियो । ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । ट्वान्टी-२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ, ‘उनले भने ।
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताएका थिए । उनले भने, ‘यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौँ । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट
मदन–आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
चिनियाँ जनकांग्रेसका उपाध्यक्षले प्रधानमन्त्री ओलीलाई गरे भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष-२०८२ को ‘लोगो’ सार्वजनिक