भूकम्प पीडितका लागि सत्तारुढ माओवादीले दियो सरकारलाई ५० लाख

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १५ : ०३
भूकम्प पीडितका लागि सत्तारुढ माओवादीले दियो सरकारलाई ५० लाख

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुले प्रधानमन्त्री राहत कोषमा ५० लाखको सहयोग हस्तान्तरण गरेका हुन् ।

शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि उपाध्यक्ष भुसाल लगायतका नेताहरुले सो सहयोग गरेका छन् । मंगलबार ५० लाख रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस