काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
‘काम बिस्तारै हुन्छ भन्ने अबस्था नरहेकोले आवश्यक सामाग्रीहरु तत्कालै उपलब्ध गराउन र नेताहरुले प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन अनुरोध छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा माटोले जोडेका घर भएकाले हजारौँ घरहरु भत्किएका र चिरा परेर बस्न नहुने भएको शर्माको भनाइ छ । ‘माटोको जोडाइ भएका घरमा रेट्रोफिटिङ गर्ने पनि असम्भव हुने भएकाले यो क्षेत्रमा बसोबास गर्ने घर बाहिर नै रहेका छन्’, शर्माको भनाइ छ ।
शर्माका अनुसार सरकारको स्टोर वाट प्राप्त १० हजार थान त्रिपाल ( जाजरकोट र रुकुम पश्चिममा ५-५ हजार थान) सोमबारमात्र पुगेको छ । उनका अनुसार तिन जिल्लालाई २५ हजार थान भन्दा बढी त्रिपाल आवश्यक देखिएको छ । तर, १० हजार थान सरकार र अन्य २-३ हजार थान विभिन्न संघ सस्था र दाता बाट आएको देखिएको शर्माले बताए ।
चिसो मौसमका कारण भूकम्पबाट प्रभावित जनताको अबस्थालाई ध्यान दिन तत्काल त्रिपाल, कम्मल, म्याट आवश्यक भएको भन्दै शर्माले सहयोगका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !