अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को साता चीन भ्रमण गर्ने

आइतबार, १९ कार्तिक २०७४, १५ : ४३
अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को साता चीन भ्रमण गर्ने


बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ ।
उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने बताएका छन् ।
 राष्ट्रपति ट्रम्प आगामी हप्ता चीन भ्रमणका लागि आउँदैछन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।
शुक्रबार साँझ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका उपविदेशमन्त्री चेङ चेजुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण आफैमा महत्वपूर्ण भएको बताउदै उनीहरुबीच हुने द्धिपक्षीय वार्ताले चीन अमेरिका सम्बन्धमा विशेष महत्व थप्ने जानकारी दिए ।
 

 

प्रतिक्रिया दिनुहोस