काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान गरेका हुन् ।
नेपालमा लगानीका अवसर बढ्दै गएको बताउँदै उनले भने, ‘लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’
उनले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन आह्वान गरे । नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै गएको बताउँदै उनले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई सहयोग गर्न पनि आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति