भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

रासस

सोमबार, २० कार्तिक २०८०, ११ : ००
भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

अछाम  । भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् ।  जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो । 

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस