एजेन्सी । हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् ।
गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानी समेत नभएको बताए ।
गाजामा केही नभएको र यो क्षेत्र घेराबन्दी र घातक युद्धबाट पीडित रहेको त्यहाँबाट विस्थापित व्यक्ति सइद महमूदले बताए । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको उनको भनाइ छ ।
अर्का एक विस्थापितले पानी पिउन समेत नपाएर कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताए । खानेकुरा नपाउनु ठूलो कुरा नभएको भन्दै उनले पानी समेत पिउन नपाएको दुखेसो गरे । उनले पानीका निम्ति समुद्र एक मात्र विकल्प भएको बताए ।
पानीका निम्ति समुद्र धाउनुपरेको र त्यहीँ बस्ने गरेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ