काठमाडौँ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको भनाइ छ ।
यस्तै पीडितहरुको राहत र पुनर्निर्माणको कार्यलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीलाई अवलम्बन गर्न सम्पूर्ण पार्टी कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको पनि सो पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन