काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण शिबिर सुरु गर्न लागेको छ ।
सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि ३ दिने प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेताहरु, प्रदेश समितिका सदस्यहरु, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रशिक्षणमा बौद्धिक पेसाकर्मी महासंघ, युवा संघ, विद्यार्थी युनियन, महिला संघलगायतका भ्रातृसंगठनका प्रतिनिधिहरुलाई पनि सहभागि गराइने भएको छ ।
प्रशिक्षणमा सहभागी प्रत्येक प्रतिनिधिको लागि प्रवेश शूल्क निर्धारण गरिएको मधेस प्रदेश समितिका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै