परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, २१ : ०१
परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएका छन् । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनको निमन्त्रणामा अमेरिका गएका साउद आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

अमेरिकामा रहँदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी ब्लिङ्कनसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस