काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गरेको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिवार टेलिफोन गरेर पौडेलले सो आग्रह गरेका हुन ।राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई पनि अपिल गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?