काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गरेको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिवार टेलिफोन गरेर पौडेलले सो आग्रह गरेका हुन ।राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई पनि अपिल गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्छ : राष्ट्रपति पौडेल
रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने
राष्ट्रपति पौडेलसँग विपिन जोशीका आमा र बहिनीको भेटघाट
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस