काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ । रास्वपाको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठक शनिबार दिउँसो पार्टी कार्यालय चमतीमा बसिरहेको छ ।
स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको लागि छलफल भइरहेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी