काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा धनजनको ठूलो क्षति भएको खबरले दु:खी भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन्।
उनले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिएका छन्।
सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा
काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न पूर्वकर्मचारीलाई देउवाको निर्देशन
एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा पत्ता लगाउन काँग्रेसले रोक्या छ ?
प्रदेश प्रमुखले संविधान विपरीत काम गरिरहेको कांग्रेसको निष्कर्ष
कांग्रेस सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो : देउवा
एक ढिक्का भई अगाडि बढ्न सभापति देउवाको आग्रह