काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् ।
प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै सबै पार्टीहरूले पुरानो शैली छाड्न आवश्यक भएको बताए ।
हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौँ ।
म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उनले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’
उनले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली