काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् ।
प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै सबै पार्टीहरूले पुरानो शैली छाड्न आवश्यक भएको बताए ।
हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौँ ।
म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उनले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’
उनले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै