काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जानेछन् । त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किनेछन् ।
सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।
त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट