एजेन्सी । इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षमा गाजा सहरलाई पूर्ण रूपमा घेरेको दाबी गरेको छ।
बीबीसीका अनुसार इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले सेनाले हमासका धेरैवटा अखडामा आक्रमण गरिरहेको बताएका छन्।
गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित गाजा सहर युद्ध सुरु हुनुअघि सबैभन्दा घना जनसंख्या भएको क्षेत्र थियो। यहाँ सात लाखभन्दा बढी मानिस बस्ने गरेका थिए।
तर अक्टोबर १३ मा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई दक्षिणी क्षेत्रमा जान चेतावनी दिएपछि गाजा सहरमा जताततै विनाश र सडक खाली देखिएका छन्। गाजा सहरमा हाल कति मानिस बसिरहेका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ कार्तिक २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा