एजेन्सी । इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षमा गाजा सहरलाई पूर्ण रूपमा घेरेको दाबी गरेको छ।
बीबीसीका अनुसार इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले सेनाले हमासका धेरैवटा अखडामा आक्रमण गरिरहेको बताएका छन्।
गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित गाजा सहर युद्ध सुरु हुनुअघि सबैभन्दा घना जनसंख्या भएको क्षेत्र थियो। यहाँ सात लाखभन्दा बढी मानिस बस्ने गरेका थिए।
तर अक्टोबर १३ मा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई दक्षिणी क्षेत्रमा जान चेतावनी दिएपछि गाजा सहरमा जताततै विनाश र सडक खाली देखिएका छन्। गाजा सहरमा हाल कति मानिस बसिरहेका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ कार्तिक २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ