काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले संसद्को बजेट अधिवेशनमा एउटा कानून पास गर्न ६ करोड १० लाख खर्च भएको बताएका छन् ।प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम दिन विशेष समय लिएर बोल्दै ६ करोड रुपैयाँ खर्चिएर एउटा मात्रै कानून पास गरेको बताएका हुन् ।
‘एउटा मात्र कानून पास गरेर बिदा भएको सदनको अधिवेशन बन्द हुँदा तीतो पोख्नैपर्ने भयो । प्रतिनिधिसभाका ६५ बैठकका लागि ६१ दिन खर्चिएका छौं । आज बाहेक २५९ घण्टा ५५ मिनेट बैठक बसेका छौं । यो समयको मात्रै कुरा भयो ।
संसद् चलेको दिन मात्रै न्यूनतम् खर्च १० लाख भएको छ । यस हिसाबले दोस्रो अधिवेशनमा ६१ दिनको लागि समयको मात्रै कुरा छैन हामीले पैसा पनि प्रशस्त खर्च गरेका छौं। ६ करोड १० लाख खर्च भयो । हामीले लिने तलब बेग्लै छ’ रविले भने, ‘प्रत्येक बैठकमा राष्ट्रिय महत्वसहितका आफ्नो निर्वाचन क्षेत्रका विषयलाई कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज उठाउँदै आएका छौं ।
मन्त्रीदेखि प्रधानमन्त्रीलाई आवाज राखेका छौं । तर यो संसदले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन भने जनताको आवाज के सुनोस् ?सदनमा आरोप र प्रत्यारोप चल्ने, फौजदारी अभियोग नै लाग्ने गरी छेडखानी चल्ने तर शीर्ष नेताको कारण संसद बन्धक भएर एउटा मात्रै कानुन बनाएको उनको भनाइ छ।
ठूला भनिएका तीन दलका बाहेकका लागि संसद अनुदार रहेको लामिछानेले बताए ।आफ्ना कमजोरी लुकाउन व्यवस्था नै खतरामा पर्यो भनेर प्रचार गरेको पनि उनले आरोप लगाए ।
‘यो व्यवस्था अरूका कारण कि तपाईँ हामीकै कारणले खतरामा छ ? हामीले संविधान, प्रणाली । व्यवस्था जोगाएका छौं कि जेलमा रहेका आफ्ना मान्छे जोगाइरहेका छौं ?’ रविले प्रश्न गर्दै भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज