एजेन्सी । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ३३ औँ खेलमा आज भारतले श्रीलंकासँग खेल्दैछ । खेल दिउँसो २ः१५ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा शुरु हुँदैछ ।
यो खेल जित्दा भारतले सेमिफाइनल पक्का गर्नेछ । पराजित हुँदा पनि उसको सेमिफाइनल सुरक्षित जस्तै नै छ ।
श्रीलंका भने लगभग बाहिरिएको छ । तर झिनो आशा बाँकी राख्न भने आजको खेल जित्नै पर्छ । हारले अंकगणित पनि समाप्त हुनेछ ।
हेड टु हेड–
आज हुने मैदानमा १२ वर्षअघि भारतले विश्वकप जितेको थियो । भारत र श्रीलंकाबीच १६७ खेल आपसमा भएको छ । भारतले ९८ तथा श्रीलंकाले ५७ जितेको थियो । ११ खेल नतिजाविहीन भएको छ भने एक खेल टाइ भएको छ ।
विश्वकपमा आपसमा ९ खेल भएकामा भारत र श्रीलंकाले ४–४ खेल जितेका छन् । एक खेल नतिजाविहीन भएका छन् ।
पछिल्लो समय एसिया कपको फाइनलमा भारत १० विकेटले विजयी भएको थियो ।
अंक तालिका
७ खेलबाट १२ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । ६ खेलबाट १२ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ ।
६ खेलबाट ८ अंकसहित अष्ट्रेलिया तेस्रोे स्थानमा छ । ७ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ ।
पाकिस्तान ७ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा रहेको छ । अफगानिस्तान ६ खेलबाट ६ अंकसहित छैटौँ स्थानमा रहेको छ । श्रीलंका ६ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ ।
नेदरल्याण्ड्स ६ खेलबाट ४ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ ।
बंगलादेश ७ खेलबाट २ अंकसहित नवौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ६ खेलबाट २ अंकसहित दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ कार्तिक २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै