बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)को अस्पताल भवन शिलान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल आउँदै छन् । प्रधानमन्त्री प्रचण्डले बिहान साढे १० बजे २०० शैय्याको भवन र पुस्तकालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानका प्रमुख (मेयर) खेलराज पाण्डेयले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित आम्दा अस्पतालको २५ औं वार्षिक उत्सवको अवसरमा यो कार्यक्रम हुन लागेको हो ।
यसैबीच अस्पतालले यसै वर्षदेखि प्यारामेडिक्सको अध्ययन शुरू गर्ने भएको छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नर्सिङ, सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्ड डा राजेन्द्रप्रसाद बस्यालले जानकारी दिए ।
तीनवटै विषयमा ४०-४० वटाको कोटाअन्तर्गत पढाइ हुने ५० शैय्याबाट शुरू भएको अस्पताल अहिले १०० शैय्यासहित सञ्चालनमा छ । त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरूलाई नियमअनुसार स्वास्थ्य सेवाको पनि अस्पतालले सुरुवात गरेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षभित्र सञ्चालन हुने गरी प्रक्रिया पनि अघि बढाएको मेयर पाण्डेयले बताए । आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपश्चात राज्यको व्यवस्थाबमोजिम आमाहरूले निःशुल्क प्रसूति एवं सोसँग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
अस्पतालमा लुम्बिनी प्रदेशका सबै जिल्लासहित १६ जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुनेगरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए ।
अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा राजेन्द्रप्रसाद बस्यालले बताए । २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगर तथा बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारी भई ५० शैय्याबाट अस्पतालको सुरुवात भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक