काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । हिजो अन्तिम समयमा सुधारिँदै सामान्य वृद्धिसँगै रोकिएको नेप्से आज भने दोहोरो अंकले घटेर बन्द भएको हो । ०.७६ प्रतिशतले घटेसँगै आज नेप्से परिसूचक १८६४ अंकमा आइपुगेको छ ।
यसक्रममा आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज ३८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।
७ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक १४ अंकले घटेपनि आज माहुलि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशत बढेको छ । यस्तै, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले खुम्चिएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५ रुपैयाँमा आइपुगेको छ ।
परिसूचक दोहोरो अंकले घट्दा आज कारोबारमा आएको सबै समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा १४३ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचकमा ५८ अंको र विकास बैंक समूहको सूचकमा ३१ अंकको गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार