काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । हिजो अन्तिम समयमा सुधारिँदै सामान्य वृद्धिसँगै रोकिएको नेप्से आज भने दोहोरो अंकले घटेर बन्द भएको हो । ०.७६ प्रतिशतले घटेसँगै आज नेप्से परिसूचक १८६४ अंकमा आइपुगेको छ ।
यसक्रममा आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज ३८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।
७ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक १४ अंकले घटेपनि आज माहुलि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशत बढेको छ । यस्तै, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले खुम्चिएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५ रुपैयाँमा आइपुगेको छ ।
परिसूचक दोहोरो अंकले घट्दा आज कारोबारमा आएको सबै समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा १४३ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचकमा ५८ अंको र विकास बैंक समूहको सूचकमा ३१ अंकको गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो