बारा । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको हो ।
बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।
सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा