पोखरा । पोखराको छोरेपाटनबाट स्तुपा हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन्।
आइतबार पुम्दीकोटतर्फ जाँदै गरेको ग.१ ख ८५८५ नम्बरको माइक्रोबस उक्त सडकखण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए। घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु