काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन असहज भएको दाबी गरेका छन् । आइतवार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनेले यस्तो बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायको विषय पीडितहरूलाई ध्यान राखेर समाधान गरिनुपर्ने समेत बताए । ‘हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौँ । तर, प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यी सबै विषयहरू टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ’, ओलीको भनाइ उदृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो । यसले पीडितहरू अलिकति चिन्तामा छन् । हामीले चाहिँ शान्ति प्रक्रिया टुंग्याउँदाखेरी गम्भीर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तर्राष्ट्रिय कमिटमेन्टहरूलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौँ ।’ महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए ।
यद्यपि ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको ज्ञवालीले बताए । महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरुको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताएका थिए । आइतबार नै महासचिवले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग पनि भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै