काठमाडौँ । विमस्टेक वडापत्र अनुमोदनका लागि प्रतिनिधि सभामा पेश हुने भएको छ । प्रतिनिधि सभाको बैठक पर्सि १२ गते आइतबार दिउँसो एक बजे बोलाइएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार काठमाडौं आउँदैछन् । उनले कात्तिक १४ गते संघीय संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी
प्रतिनिधि सभामा दुई विधेयक पेस, अर्को बैठक बिहीबार
प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत