जनकपुरधाम । सर्लाहीमा छोराले कोदालो प्रहार गरी बुबाको हत्या गरेको छ । हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।
गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको डीएसपी थारुले जनाए । छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या