जनकपुरधाम । सर्लाहीमा छोराले कोदालो प्रहार गरी बुबाको हत्या गरेको छ । हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।
गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको डीएसपी थारुले जनाए । छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या