काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । कात्तिक १७ गते हुने सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ रहने बताइएको छ ।
अध्यक्ष यादवले जसपाको सैद्धान्तिक आधार, परिषद्का अध्यक्ष राईले वर्तमान नेपालको राजनीतिक अवस्था साथै आगामी रणनीति र कार्यभार तथा नेता श्रेष्ठले विधान अधिवेशनका निष्कर्षहरु, पार्टी निर्माणको दिशा, सांगठनिक संरचना र सदस्यहरुको भूमिका र उत्तरदायित्व विषयमा प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षणमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, नेवा र ताम्सालिङ राष्ट्रिय समितिका सदस्यहरु पुनर्गठित जिल्ला समितिका पदाधिकारीहरु र पुनर्गठित पालिका समितिका अध्यक्षहरु सहभागी हुने छन् ।
बागमती प्रदेश समिति अन्तरर्गतका पार्टी समिति गठन र पुनर्गठन आगामी कार्तिक १५ गतेभित्र गर्न समयसीमा तोकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा