काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । कात्तिक १७ गते हुने सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ रहने बताइएको छ ।
अध्यक्ष यादवले जसपाको सैद्धान्तिक आधार, परिषद्का अध्यक्ष राईले वर्तमान नेपालको राजनीतिक अवस्था साथै आगामी रणनीति र कार्यभार तथा नेता श्रेष्ठले विधान अधिवेशनका निष्कर्षहरु, पार्टी निर्माणको दिशा, सांगठनिक संरचना र सदस्यहरुको भूमिका र उत्तरदायित्व विषयमा प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षणमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, नेवा र ताम्सालिङ राष्ट्रिय समितिका सदस्यहरु पुनर्गठित जिल्ला समितिका पदाधिकारीहरु र पुनर्गठित पालिका समितिका अध्यक्षहरु सहभागी हुने छन् ।
बागमती प्रदेश समिति अन्तरर्गतका पार्टी समिति गठन र पुनर्गठन आगामी कार्तिक १५ गतेभित्र गर्न समयसीमा तोकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै