उपाधिका लागि युएईलाई नेपालकाे मध्यम लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १२ : ५६
उपाधिका लागि युएईलाई नेपालकाे मध्यम लक्ष्य

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधिका लागि युएईलाई मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको छ । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक पारी खेले । भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाए । अर्का ओपनर ओपनर आसिफ शेखले ७ रन बनाए भने कुशल मल्ल १ रन बनाएर आउट भए ।

यस्तै, कप्तान रोहित पौडेलले १८ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, सन्दीप जोराले १० रन, गुल्सान झाले ५ रन, साेमपाल कामीले १३ रन, करन केसीले २३ रन जोडे ।युएईका लागि आयान अफजल खानले तीन तथा अली नसीर र जहुर खानले समान दुई/दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस