त्रिकोणात्मक टी- २० श्रृंखला

यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, ११ : ०९
यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँग टस हारेको छ। टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

नेपाली टाेली-

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

प्रतिक्रिया दिनुहोस