काठमाडौं । काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको स्कुटर बुधबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
दुर्घटनामा स्कुटर पछाडि बस्ने काठमाडौं महानगरपालिका–२७ महाबौद्धका ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो। हेटौँडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका स्कुटर चालक ६५ वर्षका शशिराज पाण्डेको उपचारहेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर बुत्रबार साँध पौने ६ बजेतिर अनियन्त्रित भई १०० मिटर तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु