काठमाडौ । गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ।
उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ। मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो।
दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ कार्तिक २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु