काठमाडौ । मकवानपुरको इन्द्रसरोवरमा यात्रुवहाक टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
मंगलबार बिहान ३:३५ बजेको समयमा मकवानपुर ईन्द्रसरोवर-५ मकैबारीमा मधेश प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
इन्द्रसरोवर-५ स्थित कुलेखानि मातातिर्थ काठमाडौं सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जादै गरेको उक्त सुमो सडकबाट करिव २० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते हुनेमा भारतको जानकी चापा छत्तिसगढ बस्ने वर्ष २५ कि रचना कुमारी सुर्यवंशी सोही स्थान बस्ने वर्ष ३५ कि गंगा देवि सुर्यवंशी, वर्ष ३० कि मधु सुर्यवंशी, वर्ष ३७ को ईन्द्र सेन, वर्ष ३१ की रितु सुर्यवंशी, वर्ष २९ कि सरोजनी देवी, वर्ष ११ कि प्रतिभा सुर्यवंशी, वर्ष २ कि दिब्या सुर्यवंशी, वर्ष ४ को प्रतिक सुर्यवंशी, वर्ष ३१ को विजय कुमार सुर्यवंशी, वर्ष ३५ को अजय कुमार सुर्यवंशी रहेका छन् ।
दुर्घटनामा घाइते भएकी वर्ष ६० कि एक महिलाको नाम थर नखुलेको उनले बताए ।दुर्घटनामा घाईते भएका उनीहरुको उपचारको लागि काठमाडौं पठाएको प्रवक्ता भण्डारीले बताए ।
दुर्घटनामा घाइते भएका सुमो चालक बारा कलैया- २१ बस्ने वर्ष २५ को अनिल कुमार शाह भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ कार्तिक २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु