नेपालको लगातार चौथो जित, युएई ५ विकेटले पराजित

सफल खबर संवाददाता

सोमबार, ०६ कार्तिक २०८०, १५ : १५
नेपालको लगातार चौथो जित, युएई ५ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा ६ चौका र १ छक्काको मद्धतमा ४० रनको योगदान गरे । यस्तै, ओपनर आसिफ शेखले ६२ रनको  अर्धशतकिय पारी खेले ।

साथै, कप्तान रोहित पौडेल अर्धशतक बनाउन ३ रनले चुके । उनले ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।

यूएईका लागि मुहमद जवादुल्लाहले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५र४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस